Thursday, January 3, 2013

‘यान्त्रिक पुललाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य छ’–श्रेष्ठ

पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारलाई बागलुङ जिल्लाको बलेवा क्षेत्रसँग जोड्ने र खस्कँदै गएको व्यापार–ब्यावसाय र पर्यटनलाई सँगसँगै प्रवद्र्धन गर्ने उद्देश्यले निजी क्षेत्रको लगानीमा निर्माण थालिएको कुश्मा–बलेवा यान्त्रिक पुल निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको सन्दर्भमा कुश्मा–बलेवा यान्त्रिक पुल लि.का अध्यक्ष, पर्वत उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य श्री होमनारायण श्रेष्ठसँग सहारा न्यूज राष्ट्रिय दैनिकले गरेको संक्षिप्त कुराकानी ः–
ियान्त्रिक पुलको आवश्यकता किन महसुस गर्नुभयो ?
ँ पहिले–पहिले कुश्माबजारमा ब्यापार–ब्यावसाय राम्रो थियो । तर जब गाउँगाउँमा गाडीहरु पुग्न थाले तब सदरमुकामको ब्यापार पनि खस्कँदै गयो । बाहिरबाट आउने सामानहरु सिधै गाउँगाउँसम्म पुगेपछि कुश्मामा लामो समयदेखि ब्यापार ब्यावसायमा तल्लीन ब्यापारीहरु बिस्तापित हुनुपर्ने अवस्थासम्म पुग्न थाल्यो । घरभाडामा ब्यावसाय गर्नेले भाडा उठाउन सक्ने अवस्था समेत भएन अनि लगानी कसरी उठाउने ? यी विविध समस्या ब्यावसायीमाथि आएपछि सदरमुकामको ब्यापार प्रबद्र्धन तथा बिस्तार कसरी हुन्छ भनेर पर्वत उद्योग बाणिज्य संघ लागिरहेको थियो । हामीलाई पहिलेदेखिको विश्वास के थियो भने कुश्मासँग बागलुङ जिल्लाको दक्षिणी भेकलाई जोड्न सकिएमा पक्कैपनि कुश्माको ब्यापार–ब्यावसायको भबिष्य छ । सोही अनुरुप कुश्मा र बलेवा क्षेत्रलाई जोड्नका लागि हामीले धेरै समयदेखि राज्यको मुख ताक्यौ । म पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित भएपछि कुश्माको बजार बिस्तारका लागि पहिलो चरणमा बिभिन्न रणनीतिहरु अगाडि सारेको थिएँ । त्यसमा राज्यलाई निरन्तर रुपमा झक्झ्क्याउने काम गरेका थियाँै ।मेरै नेतृत्वमा धेरै पटक बिभिन्न मन्त्रालयका मन्त्री, सचिव प्रमुख राजनीतिक दलका नेताहरुलाई भेटेर हाम्रा मागहरु राख्ने प्रयास पनि ग¥यौ तर निजी क्षेत्रको आवाजलाई राज्य होस् वा राजनीतिक दलका नेताहरुले सुनुवाई गरेनन् । सुरुमा हामीले बागलुङको दक्षिणी भेकका डेढ दर्जन गाविसलाई प्रत्यक्ष रुपमा कुश्माबजारसँग जोड्नका लागि कुश्मादेखि बलेवासम्मको झोलुङ्गे पुलको आवश्यकता देख्यौं र त्यसका लागि धेरै पहल ग¥याँै तर हामी थाक्नेसम्म अवस्थामा पुग्यौँ । कुश्मादेखि बागलुङ्गको भैरबस्थानसम्म केबुलकार निर्माणको कुरा पनि बेलामौकामा चर्चामा आउने गरेको थियो । तर ठोस निर्णयमा पुग्न सकेका थिएनौ । राज्यबाट हाम्रो मागको सुनुवाई नहुने अवस्था देखेपछि बलेवाक्षेत्रलाई त कुश्मासँग जोड्नु नै थियो, त्यसैले हामीहरुले तनहुँको कोत्रेमा यान्त्रिक पुलबाट मान्छे आवतजावत गरेको कुरा सुन्यौँ र पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष रामकृष्ण कर्माचार्यको नेतृत्वमा संघका पदाधिकारी, सदस्य, पूर्व अध्यक्ष तथा सल्लाहकारहरुको टोली उक्त पुल अवलोकनका लागि गएका थियाँै । त्यसपछि हामीले सम्भाब्यता अध्ययनका लागि बिज्ञ बोलाएर अध्ययन गरिसकेपछि सम्भव छ भन्ने लागेर नै निर्माण प्रक्रिया सुरु गरेका हौँ ।
िनिजी लगानीकर्ताहरुलाई समेटेर यान्त्रिक पुल निर्माण हु“दैछ । कस्तो अनुभव संगाल्नुभा’को छ ?
ँ सुरुवात गर्ने हो भने र दत्तचित्त भएर निजी क्षेत्र अगाडि सर्ने हो भने निजी क्षेत्रले पनि ठूलो काम गर्न सकिने रहेछ । पर्वत उद्योग बाणिज्य संघले थालेको यस अभियानलाई सफल गराउनका लागि शेयर रकम संकलन गर्ने कुरामा होस् वा अन्य भौतिक तथा नैतिक सहयोगमा होस् सबैले उत्साहपूर्वक गर्नुभएको सहयोगले यान्त्रिक पुल निर्माण मात्र होइन अन्य काम गर्न समेत सकिने मैले यस यान्त्रिक पुल निर्माणबाटै अनुभव प्राप्त गर्न पाएँ । हामीले राज्यको मुख ताकेर राज्यले बनाइदिन्छ भनेर बसेको भए आज हामी यो खुशीमा रहने थिएनौँ । निर्माण सुरुदेखि नै सदरमुकाम कुश्मामा पाल्नुहुने विशिष्ट ब्यक्तिहरु समेत पुल निर्माणस्थलसम्म आएर अवलोकन गर्ने क्रमले हामीलाई थप उर्जा र उत्साह मिलेको अनुभव गरेका छौँ ।
ियान्त्रिक पुलमा चाहिने भन्दा बढी लगानी फसाइएको, समितिले मनपरी खर्च गरेको र लगानी गर्ने धेरै भएपनि केही ब्यक्तिले मात्र हालीमुहाली गरेको भन्ने सुनिन्छ नी ?
ँ कुश्मा–बलेवा यान्त्रिक पुल निर्माणको लागि आवश्यक पर्ने जग्गा, भवनमा मात्र लगानी गरिएको छ । बलेवातर्फ आवश्यक भन्दा बढी जग्गा खरिद गर्नुको कारण त्यहाको पूर्वाधार निर्माण, पर्यटनलाई आकर्षक गन्तब्य बनाउनको लागि बलेवाक्षेत्रमा बढी जग्गा खरिद गरिएको हो । उक्त जग्गाको सम्पूर्ण डिजाइन गरिसकेपछि बढी लगानी भए–नभएको देख्न पाउनुहुनेछ । शेयर सदस्यले निर्माण सम्पन्न हुँदासाथ पारदर्शी रुपमा मनपरी खर्च गरे–नगरेको सबै थाहा पाइहाल्नुहुन्छ नि । हालीमुहालीको कुरा छ शेयर संख्या ४२७ भएपनि काम गर्ने जिम्मा निर्माण कार्यसमितिलाई भएकोले निर्माणको काममा कार्यसमितिले बैठक गरी कहाँ ? कति खर्च गर्ने सोचबिचारका साथ काम गरेको छ । आवश्यक रुपमा खर्च गरेको छ–छैन त्यसको आर्थिक लेखा हेर्नको लागि पनि सम्पूर्ण शेयर सदस्यहरुलाई हार्दिक अनुरोध गर्दछु ।
ियसको निर्माणपछि ब्यावसायिक भविष्य कत्तिको देख्नु भएको छ ?
ँ ब्यावसायिक भविष्य र आवश्यकता देखेर नै यान्त्रिक पुल निर्माण थालेका हौँ । पुल निर्माण भएपछि बागलुङ जिल्लाको दक्षिणी भेकका १६ भन्दा बढी गाविसबासीलाई यो पुल अत्यन्त लाभदायक हुनेछ । तीन मिनेटमा पार हुने बाटोलाई कोही पनि घण्टौँ हिँड्ने कुरा आउँदैन । अहिले पनि दैनिक रुपमा बलेवा क्षेत्रबाट सदरमुकाम कुश्मासम्म झण्डै पाँच सय भन्दा बढी मानिस बिभिन्न कामले आउने गरेका छन् । यान्त्रिक पुल निर्माण भएपछि उनीहरु पैदल हिँडेर आउने कष्ट भोग्न बाध्य हुने छैनन् । तपाईहरु नै गएर हेर्नुस् पुल निर्माण नहुँदै पनि अहिले दैनिक ५०आँै जना अवलोकनका लागि आउने गरेका छन् । पुल निर्माण भएपछि त्यो संख्या सयौँ पुग्ने अनुमान हामीले गरेका छौँ । उनीहरु पुलमा ओहोर–दोहोर पक्कै पनि गर्नेछन् । यान्त्रिक पुलले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षित गर्नका लागि सहयोग पुग्नेछ । हरेक जिल्लाका उद्योग बाणिज्य संघमार्फत तथा बिभिन्न सञ्चारमाध्यममार्फत प्रचारप्रसार गरिरहेका छौँ । बढ्दो पर्यटनसँगै दुई दशकदेखि बन्द रहेको बलेवा बिमानस्थल पनि सञ्चालनमा आउन मद्दत गर्नेछ । त्यसैले ब्यावसायिक भविष्यको लागि पुलका शेयर सदस्य तथा हाम्रा शुभचिन्तक महानुभावले कुनै चिन्ता लिनुपर्ने आवश्यकता मैले देख्दिन ।
िहालैमात्र कुश्मा–कैया झोलुंगे पुल समेत निर्माण प्रक्रियामा रहेकोले यान्त्रिक पुल ओझेलमा पर्ने र लगानी खेर जाने त हैन ?
ँ हाम्रो प्रतिष्पर्धा भनेको कुश्मा–कैया झोलुङ्गे पुलसँग होइन । हाम्रो प्रतिष्पर्धा भनेको मनकामना केबुलकार चढ्नका लागि आउने पर्यटकलाई कसरी यहाँ ल्याउने भन्ने हो । कुश्मा–कैया झोलुङ्गे पुल निर्माण हँुदैमा यान्त्रिक पुल प्रभावित हुने र ओझेलमा पर्ने भन्ने नै हुँदैन । हामीले यो यान्त्रिक पुललाई ओहोर–दोहोरको साधनका रुपमा मात्र नबनाएर एउटा प्रसिद्ध पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना बनाएका छौँ । त्यसैले मेरो लगानी खेर जान्छ की भन्ने चिन्ता कसैले पनि नपाल्नुहुन सम्पूर्ण शेयर सदस्यमा हामी विश्वास दिलाउन चाहन्छौँ ।
ियत्रो जम्बो टोली छ, सञ्चालनपछि निरन्तरतामा कठिन हुन्छ जस्तो लाग्दैन ?
ँ शेयर सदस्य जम्बो हुँदैमा सञ्चालनमा कठिनाई आउँछ जस्तो मलाई लाग्दैन । किनकी जुनसुकै संस्था चलाउनका लागि पनि सिष्टम र प्रक्रियाअनुरुप अगाडी बढाउने हो भने त्यो समस्याको बिषय नै होइन । शेयर सदस्य धेरै हँुदा विभिन्न संघसंस्थाहरु डुबेको, बन्द भएको हामीले पनि देखेका छौँ । तपाईँहरुले पनि देख्नुभएको होला तर यान्त्रिक पुलको सवालमा त्यो हुन हामी कुनै हालतमा पनि दिँदैनौँ । यान्त्रिक पुललाई जिबन्त र निरन्तरता दिनु भनेको पर्वत जिल्लाका उद्योगी ब्यावसायीको इज्जत मात्र होइन, यो त मुलुकका विशिष्ठ घरानाका ब्यक्तिसँग पनि जोडिएको विषय हो । नेपाल उद्योग बाणिज्य महासंघमा अध्यक्षसहितका पदाधिकारी र निवर्तमान अध्यक्षसहित पूर्व पदाधिकारीले समेत पर्वत उद्योग बाणिज्य संघलाई प्रोत्साहनका लागि यान्त्रिक पुलमा लगानी गर्नुभएको छ । हामी के भन्न सक्छौँ भने सिङ्गो निजीक्षेत्रको प्रतिष्ठासँग जोडिएको यान्त्रिक पुललाई विधि, विधान र प्रक्रियासम्बत रुपमा अगाडि बढाउने भएको हँुदा निरन्तरतामा शेयरधनी धेरै हँुदैमा कठिनाई हुन्छ भन्ने मलाई लाग्दैन ।
ियान्त्रिक पुल सञ्चालनमा आएपछि कुश्माबजारको ब्यापारिक भविष्य उकासिन्छ भन्ने के आधार छ ?
ँ मैले अगाडि पनि भनिसकँे । अहिले धेरैजसो सामानहरु सडकमार्गमार्फत बागलुङबजारबाट नै बलेवा क्षेत्रमा जाने गरेको छ । पुल निर्माणभएपछि छिटो र छरितो रुपमा कुश्माबजारबाटै सामान त्यसक्षेत्रसम्म पुग्न सक्नेछ । छिटो र छरितोको हिसाबले पनि दक्षिणी बागलुङका डेढ दर्जन गाविसबासीलाई कुश्माबजारसँगको सम्बन्ध नबढाइकिन सुखै छैन । गाउँगाउँमा सडक खुलेपछि ब्यापारिक साख गिर्दै गएको कुश्माबजारले त्यसक्षेत्रसँग आफ्नो ब्यापारब्यावसाय अगाडि बढाउन सहज पनि हुनेछ भने अर्कोतर्फ पुलमा अवलोकनका लागि समेत आउने आन्तरिक तथा बाह्य पर्यटकले समेत चहलपहल बढाउने भएको हुँदा यहाँको ब्यापारिक भविष्य उकासिनेमा हामी ढुक्क छाँै ।
िहालसम्म कति रकम उठ्यो, कति खर्च भयो र कति बा“की छ ?
ँ अहिलेसम्म ३ करोड ७० लाख रुपैया संकलन भएकोमा दुई करोड ९५ लाख खर्च भएको जानकारी र बाँकी रहेको ७५ लाख कुश्मास्थित पश्चिमाञ्चल फाइनान्समा कुश्मा–बलेवा यान्त्रिक पुल लि.को खातामा रहेको जानकारी गराउँछौ ।
िअब कति काम बा“की छ ? कहिलेदेखि सञ्चालनमा आउने लक्ष्य राख्नुभएको छ ?
ँकुश्मा–बलेवा यान्त्रिक पुलको अब झण्डै पाँच प्रतिशत काम बाँकी रहेको अनुमान गरेका छाँै । यही मंसिर महिनाभित्र परीक्षण गरी सञ्चालनमा ल्याउने लक्ष्य लिएका छौँ ।
ियान्त्रिक पुल सञ्चालनमा आएलगत्तै कम्पनीले थप केही काम गर्दैछ की ?
ँ पहिलो कुरा त निर्माणाधीन यान्त्रिक पुल निर्माण गरी सञ्चालनमा ल्याउन दिनुस् । कुश्माको प्रबद्र्धनका लागि यान्त्रिक पुल र यान्त्रिक पुलको प्रबद्र्धनका लागि अन्य आवश्यक पूर्वाधार निर्माण गर्ने कुरा त छँदैछ ।
िअन्त्यमा तपाईले भन्नेपर्ने केही छुट्यो की ?
ँ धेरै कुरा त माथि नै आइसकेका छन् । यो निजी क्षेत्रले लगानी गरेर कामको अनुभव लिने अवसर पनि मिलेको छ । पुलका विषयमा अनावश्यक टिका–टिप्पणी बाहिर नगराँै, पुल सञ्चालन गरी जीवन्तता दिनका लागि आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्दै, यस सहारा न्यूज राष्ट्रिय दैनिकले मेरा भनाईहरु प्रकाशन गर्ने जुन अवसर प्रदान गरेको छ त्यसलाई मेरो र कुश्मा–बलेवा यान्त्रिक पुलको तर्फबाट पनि हार्दिक धन्यबाद दिन चाहन्छु ।

No comments:

Post a Comment