Wednesday, December 19, 2012

कुश्मा देखि बलेवा जोड्ने यान्त्रिक पुल सञ्चालन

कुश्मा देखि बलेवा जोड्ने यान्त्रिक पुल सञ्चालन

कुश्मा देखि बलेवा जोड्ने यान्त्रिक पुल सञ्चालन
पर्वत, पुस १ ।  पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बाग्लुङको दक्षिण क्षेत्र बलेवा जोड्ने गरी निर्माण गरिएको यान्त्रिक पुलको परिक्षण संचालन गरिएको छ । केवलकार मोडलको कुश्मा–बलेवा पुल चार करोड रुपैयांको लागतमा निर्माण गरिएको हो ।

निर्माण कम्पनीले परिक्षणका रुपमा सञ्चालन गरेपनि औपचारिक रुपमा भने केहि दिनपछि मात्र शुरुवात हुने बताएको छ । निर्माण कार्य शुरु भएको ६ महिनामा नै यो यान्त्रिक पुल सञ्चालनमा आएको हो । उक्त पुल निर्माणका लागि विगतमा थुप्रै प्रयास भएपनि सहयोगी निकायहरुले चासो नदेखाएपछि निजी क्षेत्रमा शेयर संकलन गरेर पुल सञ्चालनमा ल्याइएको कुश्मा बलेवा यान्त्रिक पुल प्रालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

यान्त्रिक पुलमा एक पटकमा ८ जना बस्न सक्नेछन् । २ घण्टाको पैदल यात्रा गरेर पर्वत सदरमुकाम कुश्माबजार आउन बाध्य उक्त क्षेत्रका वासिन्दा अब ३ मिनेटमै कुश्माबजार पुग्नेछन् ।

No comments:

Post a Comment