Sunday, December 16, 2012

कुश्मा–बलेवा यान्त्रिक पुल सञ्चालनमा


बैकुण्ठ गिरी पर्वत, २९ मंसीर । लामो समयदेखि प्रतिक्षा गरीएको र करोडौको लागतमा पर्वत जिल्लामा निर्माण भएको यान्त्रिक पुल संञ्चालनमा आएको छ ।
पर्वत उद्योग बाणिज्य संघको प्रर्बद्धनमा केवलकार मोडलमा निर्माण भएको कुश्मा बलेवा यान्त्रिक पुल सञ्चालनमा आएको हो ।
पर्यटकीय र व्यापारिक दृष्टिकोणले महत्वपुर्ण मानिएको पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको दक्षिण क्षेत्र बलेवा जोड्ने गरी निर्माण भएको यान्त्रिक पुल शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
करिब चार करोड रुपैयाको लागतमा निर्माण भएको यान्त्रिक पुलको शुक्रबार विहान ९ बजेको शुभ–समयमा सञ्चालनमा आएको हो । निर्माण कम्पनीले परिक्षण रुपमा सञ्चालन गरेपनि औपचारिक रुपमा शुरुवात भने भएको छैन । शुक्रबार एकातर्फको मात्रै यान्त्रिककार जडान गरेर वार पार गरिएको थियो ।
निर्माणकार्य शुरु भएको ६ महिनामा नै यान्त्रिक पुल सञ्चालनमा आएको छ । कुश्मा बलेवा यान्त्रिक पुल प्रालिका अध्यक्ष होमनारायण श्रेष्ठले पुल निर्माणसँगै छिमेकी जिल्ला बागलुङको बलेवा क्षेत्रका बासिन्दाहरुसँग व्यावसायिक सम्बन्ध गाँसिनुका साथै बर्षौ देखि सञ्चालनमा नआएको बलेवा एयरपोर्ट समेत सञ्चालनमा आउने अपेक्षा गरिएको उनले बताए ।
४ सय ३६ जनाबाट संकलित ४ करोड शेयर रकम बाट पुल निर्माण गरिएको हो । कालीगण्डकी नदी माथि बनेको उक्त पुल निर्माणका लागि रोपवे केवलकार कम्पनीले जिम्मा लिएको थियो ।
यान्त्रिक पुलबाट बाग्लुङ जिल्लाका १६ गाविसका जनता प्रत्येक्ष रुपमा लाभान्नित हुने बताईएको छ ।

No comments:

Post a Comment