Sunday, September 16, 2012

चर्चा यान्त्रिक पुलको, ६० प्रतिशत काम पुरा, दशैमा पुल सञ्चालनमा ल्याईने

चर्चा यान्त्रिक पुलको, ६० प्रतिशत काम पुरा, दशैमा पुल सञ्चालनमा ल्याईने


गोपाल जिसी, १० भदौ, पर्वत । पर्वत जिल्लामा एकसय दशवटा झोलुङ्गे पुलहरु निर्माण भैसकेको जिल्ला प्राविधिक कार्यालय पर्वतले जनाएको छ । धेरै पुलहरु निर्माण भएपनि जिल्लामा पुलको चर्चा नेपालकै अग्लो पुल कुश्मा वडगाउँदेखी कटुवा चौपारी छेउखण्ड जडित झोलुङ्गे पुलले ल्याएको थियो । अब लगत्तै कुश्मा वलेवा जोड्ने यान्त्रिक पुलले अर्को परिचर्चा प्रदान गर्दैछ ।

पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारदेखी बाग्लुङ्ग जिल्लाको दक्षिणी भेगमा पर्ने बलेवा जोड्ने उक्त यान्त्रिक पुलको निर्माणकार्य असोज मसान्तमा सम्पन्न हुने कुश्मा वलेवा यान्त्रिक पुल लिमिटेड समितिका सदस्य गोपी अधिकारीले जानकारी दिएका छन् । तिव्र गतिमा निर्माण भैरहेको यान्त्रिक पुलको रोपवे केवलकार प्रालिसंग सम्झौता भएको छ । यान्त्रिक (केवलकार) पुल कुश्माको गोपाङघाट र बाग्लुङ्ग नारायण स्थान गाविसमा पर्ने बलेवाको चौतारामा जोडिएको छ । उक्त यान्त्रिक पुलको कुल लम्बाई पाँचसय २७ मिटर रहेको छ । भने कुल लागत तीनकरोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसका लागि तीन करोड रुपैयाँ संकलन भैसकेको छ । प्रारम्भिक चरणमा यान्त्रिक पुल निर्माणको सम्भाव्य अध्ययनका लागि पाँचसय १७, पाँचसय ५२ र चारसय ८७ मिटरको छोटो दुरीको अध्यन गरिएकोमा सो स्थानमा राख्दा उपयुक्त भएको केवलकार प्रालिका अध्यक्ष गणेश पाठकले जानकारी दिएका छन् ।

यस पुललाई नेपालकै सबैभन्दा अग्लो स्थान र पहिलो पुलको रुपमा हेरिएको छ । रोपवे केवलकार प्रालिका अध्यक्ष एवं इन्जिनियर गणेश पाठक, निर्देशक  गुणराज ढकाल, इन्जिनियर जीवन प्रधान र इन्जिनियर रञ्जना तिवारीको टोलीले दिएको सर्वेक्षणको प्रतिवेदनपछि उद्योग वाणिज्य संघ पर्वतको पहलमा उक्त यान्त्रिक पुल निर्माण कार्यको तत्काल थालनी गरिएको थियो ।  अहिले यान्त्रिक पुलको चर्चासंगै वलेवा केवलकार भएको ठाउँमा निर्माण समितिले १७ रोपनी जग्गा खरिद गर्ने उद्वेश्यका साथ १२ रोपनी जग्गा लिइसकिएको र ५ रोपनी जग्गा लिने प्रक्रियामा अगाडि बढेको उद्योग वाणिज्य संघ पर्वतका महासचिव तथा कुश्मा वलेवा यान्त्रिक पुल लिमिटेडका सचिव केदारनाथ शर्माले जानकारी दिएका छन् ।

उक्त स्थानमा जग्गा लिनुको मुल उद्वेश्य नेपालकै सबैभन्दा ठुलो महादेवको मुर्ति राखिने, पार्क, रिर्सोट, सभा सम्मेलन, पार्टी प्यालेस, स्थापना गर्ने रहेको निर्माण समितिका सदस्य गोपी अधिकारीले बताएका छन् । विश्वकै अग्लो महादेवको मुर्ति निर्माण गरी धार्मिक तथा पर्यटकीय स्थललाई महत्व दिने हेतुले यस्तो परिकल्पना गरिएको हो अधिकारीले भने यसको निर्माण कार्यलाई पनि महत्वका साथ अगाडि बढाउने भएका छौं । यसरी हेर्दा यान्त्रिक पुलको चर्चासंगै पर्वत जिल्लााई पर्यटकीय गन्तव्य स्थल बनाउन धेरै समय नलाग्ने देखिएको छ  ।

यान्त्रिक पुल निर्माणपछि कुश्मा वलेवा ३ मिनेटमा पुग्न सकिने र धेरै मानिसहरु आवतजावत गर्ने भएकोले लगानी उठन् पनि धेरै समय नलाग्ने महाचिव केदार शर्माको भनाई छ । शर्माले दिएको जानकारी अनुसार पर्वत जिल्लााई केन्द्र बिन्दु बनाउने र पर्यटन प्रर्वद्धनमा उल्लेख्य सहभागिता गराउने उद्वेश्य रहेको छ । यान्त्रिक पुल सम्पन्न भएपछि मुस्ताङ, दक्षिणी बाग्लुङ्गका १६ गाविस, म्याग्दी र पर्वत जिल्लाका मानिसहरुलाई सुविधा र सदरमुकाम कुश्मामा व्यापार व्यावसायको प्रर्वद्धन हुने सम्भावना बढ्दै गएको यान्त्रिक पुल निर्माण समितिको ठहर छ ।  निर्माण समितिका अनुसार ६० प्रतिशत निर्माण कार्य पुरा भैसकेको जनाइएको छ ।

No comments:

Post a Comment