Sunday, May 20, 2012

सेतीमाथि सरर केबुलकार


सेतीमाथि सरर केबुलकार

दुलेगौंडा -तनहु“, असार २१ सेती नदीको गडगडाहट आवाज । हर्ेदैकहालीलाग्दो छागो, जो कोहीको पनि मुटु ढुक्क हुन्छ पहिलो पटक । नेपालीप्रविधि र श्रम प्रयोग गरी बनाइएको नेपालकै पहिलो केबुलकार आकारकोयान्त्रिक पुलको यात्रा गर्दा सुरुमा मनै चिसो हुन्छ ।
तनहुदुलेगौंडा र कास्कीको भरतपोखरी जोड्न कोत्रेस्थित सेती नदीमाथिबनाइएको यान्त्रिक पुल नमुना बनेको छ । मनकामना केबुलकार देखेका र चढेकाबासिन्दा आपmनै गाउको यान्त्रिक पुल देखेर दंग छन् ।
तीन वर्षो मेहनतपछि आफूहरूले परिकल्पना गरेजस्तै केबुलकार चलेको देख्दायुवा इन्जिनियर उत्साहित छन् । करिब एक महिनाअघि यसको परीक्षण संचालन गरिएपनि शुक्रबार औपचारिक उद्घाटन भयो ।
करिब डेढ घण्टाको पैदल यात्रापछि पार गरिने नदी अहिले ५ मिनेटमै तर्नपाउदा गाउलेमा खुसीको सीमा छैन । पुलले निकै सुविधा दिएको छ, पहिलापहिला नदी पार गर्न डेढ घण्टा हिंड्नु पर्थ्याेभरतपोखरीका इन्द्रबहादुरपोख्रेलले भने, ‘हामीले त खेतको उब्जाउ समेत यसैबाट ओर्सार्न थाल्यांै । योपुल हाम्रा लागि ठूलो बरदान भएको छ ।
कोत्रेस्थित हंसबाहिनी माविमा ८ कक्षामा पढ्ने भरतपोखरीका सुनील सुनारलेपुल अभावमा हिंडेर स्कुल पुग्दा कतिपटक कक्षामा जान नपाएको अनुभव सुनाए ।
पुल नहुदा समयमा उपचार नपाउदा गाउलेको ज्यान समेत गयो, अब त अकालमाज्यान गुमाउनु पर्दैन होलाउनले भने, ‘सबैभन्दा बढी सुविधा हामीले पाएकाछांै ।भरतपोखरीबाट दैनिक करिब २० जना विद्यार्थी कोत्रेको उक्तविद्यालयमा पढ्न आउछन् ।
पुलबाट दैनिक करिब १ सय ५० गाउले वारपार गर्ने प्राविधिक बताउछन् ।गाउलेका लागि ५ रुपैयार अन्यका लागि १५ रुपैयाशुल्कको टिकट लिएर पुलतर्न पाइन्छ ।
५ सय २० मिटर लामोे पुलको केबुल बाहेक अन्य सामग्री नेपाली प्रविधि रश्रमबाट तयार गरिएको थियो । प्राविधिक सेतो झन्डा हल्लाएर संकेत गर्दैट्रली संचालन गरिरहेका हुन्छन् ।
पुलमा २ वटा ट्रली छन् । प्रत्येक ट्रलीले एक पटकमा एक हजार किलो भारबोक्न सक्ने इन्जिनियर गुणराज ढकालले बताए । बिजुली गइहाल्यो भने पनि हातलेचलाएर वारि पारि गर्न सकिने यो केबुलकार बनाउन करिब ५० लाख रुपैयाखर्चभएको जानकारी दिए।
पुल बनाउन गाउलेले करिब २० लाख रुपैयाबराबरको श्रमदान र चन्दा दिएकाथिए । त्यसबाहेक विश्व बैंक, तनहुजिविस, सामुदायिक वन लगायतका निकायबाटरकम संकलन गरिएको ढकालले बताए ।
पुल निर्माणमा एकीकृत प्रविधि विकास नेपाल -आईटीडी), ग्रिड नेपाल रनेपाल पानी सदुपयोग फाउन्डेसनले सहयोग गरेका थिए । आईटीडीका करिब दर्जनप्राविधिकले निःशुल्क काम गरेका थिए ।
नेपाली प्रविधि र सीपको उपयोग भएकाले यसको महत्व बेग्लै छउपभोक्तासमितिका अध्यक्ष रामचन्द्र खनालले भने, ‘विदेशीको प्रविधि, शक्ति, स्रोतप्रयोग गरेको भए लागत दोब्बर पर्थ्याे ।पुल सुविधाले दुलेगौंडा रभरतपोखरीका करिब चार सय घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन्

No comments:

Post a Comment