बाग्लुङको बलेवा क्षेत्र र छिमेकी जिल्ला पर्वतको सदरमुकाम कुश्मा हेर्दा त नजिकै देखिन्छ। तर एउटा ठाउँ वारी र छ अर्को पारी। बीचमा कालिगण्डकी नदी। कुश्मा जान पैदल हिँडेर डेढ दुई घण्टा लाग्थ्यो। के गर्ने त ? पुलै बनाउने हो भने दूरी लामो भएकोले अति नै महँगो पर्छ। सरकारको मुखमात्र कति ताक्ने ? आफै किन केही नगर्ने ? यही सोचका साथ निजी क्षेत्र जुट्यो र केवल कार मोडलको यान्त्रिक पुल बनाउने सोचमा अगाडि बढ्यो। खर्च लाग्ने भयो झण्डै ५ करोड। अहो, यति धेरै रकम कसरी जम्मा गर्ने ? एकले थुकी सुकी, सयले थुकी नदी- यही उखान अनुसार उद्योग वाणिज्य संघले स्थानीय स्तरमै शेयर संकलन गर्न थाल्यो। जसले जति सक्छ, त्यति। २५ हजार रुपियाँदेखि १५ लाखसम्म गरी ४ सय ३५ जनाबाट रकम उठ्यो र गएको जेठ-असारदेखि पुल बनाउन थाल्यो नेपालकै रोपवे नेपाल प्रालिले। हिजो सोमबारदेखि यो व्यवसायिक रुपमा सञ्चालन हुन थालेको छ। अब बलेवाबाट कुश्मा पुग्न ५ देखि ७ मिनेटमात्रै लाग्छ।
यान्त्रिक पुल प्रयोग गर्न एकतर्फी भाडा अहिलेलाई सय रुपियाँ तिर्नुपर्नेछ। सार्कका पर्यटकलाई ३ सय रुपियाँ र विदेशीलाई सात डलर भाडा तोकिएको छ। प्रत्येक यात्रुको पाँच लाखको बीमा पनि गरिएको छ।
अहिलेलाई यो पुल निर्माण कम्पनीले हस्तान्तरण गरिसकेको छैन। त्यसैले परीक्षणको रुपमा व्यवसायिक सञ्चालन गरिएको हो हिजोदेखि। परीक्षणका क्रममा यात्रुको चाप, सञ्चालन खर्च, प्राविधिक समस्या हेरेर नयाँ भाडादर तोक्ने भनिएको छ।
दुई वटा यान्त्रिक कार (डब्बा) यो पुलमा जडान गरिएको छ। एउटा कारमा ८ जना अट्छन्। यो हिसाबले दुवैतर्फ गरी एकपटकमा बढीमा १६ जना आवतजावत गर्न सक्छन्। एउटा डब्बाको क्षमताका करिब पाँच क्विन्टल रहेको छ।
यो पुलको लम्वाई ४ सय ८७ मिटर छ। सो पुलमा दुवैतर्फ पोल गाडेर ५ सय ५० मिटर लामा छ वटा फलामका लट्ठा जडान गरिएको छ।
पुल निजी क्षेत्रको लगानीमा कुश्मा-बलेवा यान्त्रिक पुल लिमिटेडको स्वामित्वमा निर्माण गरिएको हो। यसले सरकारको मुख नताकी निजी क्षेत्र सक्रिय भएर आफै गरे पनि ठूल्ठूला काम संभव हुने देखाएको छ। व्यवसायिक रुपमा सञ्चालन भएर नाफा कमाउन थालेपछि यसको सफलताले सबैलाई दङ पार्ने पक्का छ।
कस्तो छ त पुल ? हेरौँ भिडियोमा-
http://www.youtube.com/watch?v=kz6Fi1Hx5-4&feature=player_embedded
कसरी काम गर्छ ?
मेकानाइज्ड वृज दोहोरो लठ्ठा दोहोरो दिशामा आधारित (Bi-Cable Bi-Directional) रोप वे हो। स्थानीय स्तरमा उत्पादित विद्युत्शक्ति नै यसको प्रमुख इन्धन हो। साथै डिजेलबाट चल्ने जेनेरेटर वैकल्पिक इन्धनको रुपमा व्यवस्था गरिएको हुन्छ। विद्युत्शक्ति र डिजेल दुबै उपलब्ध नभएको अवस्थामा तेस्रो विकल्पको रुपमा मानवशक्तिकै आधारमा सञ्चालन गरेर खोला पारी तर्न सकिन्छ। नियन्त्रण इकाइ (Control Panel) बाट स्विच दवाए पछि २५ अश्व शक्तिको (Horse Power, HP) मोर्टारले फित्ता (Belt) को सहायताले गियर बक्स घुमाउन थाल्छ र गियर वक्समा फलामको चक्का (Sheave) लाई तेर्सो पारि गाँसिएको हुन्छ। यसले गर्दा लठ्ठा घुम्दा बाँया किनाराको ट्रली दायाँ किनारा आइपुग्छ र दायाँ किनाराको ट्रली स्वतः बायाँ किनारा आइपुग्छ। अपरेटरले आवश्यकता अनुसार गति बढाउन तथा घटाउनका लागि क्लच सिस्टम (Clutch system) र ब्रेक सिस्टम (Break System) को पनि व्यवस्था गरिएको हुन्छ। यात्री बस्ने कोक्रो (Trolley) रोक्नको लागी प्लेटफर्म र ड्राइभ सचेतक (Sensor) को ब्यवस्था गरिएको हुन्छ भने सामान्य अवस्थामा अप्रेटरले सिवधको सहायताले रोक्न सक्छ। ड्राइभ टर्मिनल (Drive terminal) बाट अपरेटरले विद्युतीय मोटर चलाइदिएपछि लठ्ठा (तार) घुम्न थाल्छ जसमा ५०० के.जी. तौल सम्म पुर्ण सुरक्षित तरिकाले धान्ने गरि दुई वटा ट्रली जोडिएको हुन्छ। ट्रलीको माथिल्लो भाग लचकदार जोर्नी (Universal Joint or Ball and Socket Joint) को सहायताले भि ट्रयाक लठ्ठामा ८ ओटा पुल्लीसँग जडान गरिएको हुन्छ।
अप्रेटर तथा सर्वसाधारण यात्रुहरुलाई बुझ्न सजिलो होस भनेर प्यानल वोर्डमा रातो, हरियो तथा पहेलो रङ्गका स्विचहरुको समेत ब्यवस्था गरिएको हुन्छ , विश्वब्यापी यातायात सुचकहरुका साथमा भोल्टमिटर, एमिटर, तको आपतकालिन स्विच तथा शुरु गर्ने स्विच समेतको ब्यवस्था गरिएको हुन्छ। मेकानाइज्ड बृज सञ्चालन गर्नको लागी अप्रेटरलाई सामान्य प्राविधिक तालिम दिए पछि सञ्चालन तथा सामान्य मर्मतको लागि समेत सक्षम हुन्छन। थप जानकारी यहाँ छ। फोटो सौजन्यः रोपवे नेपाल
अर्को भिडियो हेर्नुस्-
http://www.youtube.com/watch?feature=player_embedded&v=iSNAgC23Qbk
39 comments to गरे के हुन्न रैछ त नि
Leave a Reply
Enable Google Transliteration.(To type in English, press Ctrl+g)
संचालकसमिति ले एसको मर्मत सम्भार समय समय मा गर्नु अति अबसेक छ . जेनेरेटर को जगेडा को ब्यबस्था होस् . लोड सेदिंग को मार मा नपरोस . यात्रु बोकी रहेको बेला बीच मै रोक्यो भने आपत पर्छ यसमा ध्यान पुगोस . जय होस् यान्त्रिक पुल को
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !
म त पुल बनौदीन तर पुल बनाउने कयेदा पढ़ौछु अनि पुल बनाउने एञ्जिनॆर बनाउछु . त्यहि हो मेरो पेसा. त्यसैले माथिका कुरा भनेको हम . कुरा काटेको होइन.
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !
http://youtu.be/4S4_DViwYGs
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !
बिहानै चीया संगै, नेपालको news सुन्ने बानी,जहिले पनी नराम्रो कुरा सुन्दा,मन खिन्न हुन्थेयो,आज त आहा ,सारै राम्रो,प्रगति को,नेपाल को उन्नतीको, news सुन्दा आज मंगलबार को, दिन सारै राम्रो समाचार सुन्न पाइयो, सुन्दा आनन्द आयो, अबकादिन हरुमा पनी,नेपाल को प्रगति,उन्नतीका कुरा हरु सुन्न पाइयोस..
मन परे हरियो नपरे रातो !
RG Ghimire
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !
खुसि को कुरा होस् ,कामना गरौ येस्ता झमेला न होस् |
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !
Anyway, its a good starting of development. god bless Nepal.
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !
मन परे हरियो नपरे रातो !