Monday, August 27, 2012

Mechanized Bridge (Zic Back Cable Car)

                               New Proposed Gondola for Kotre-Punditar Mechanized Bridge
Local Ropeway Technology (Mechanized Bridge)
It is a bicable bidirectional type of ropeway technology operates under motor power design and builds by the engineers of GRID Nepal using locally available materials. The system is installed as prototype for human transportation connecting Kotre, Tanahun and Punditar, Kaski over Seti River having 520m with 25m level difference. At that section, numerous efforts of bridge construction was in vain due to technical infeasibility. So ropeway technology for river crossing is the best at such long span. The technology is also economical considering construction as well as operation cost for the span greater than 350 meters.
  
Technical Brief
Type                       :      Bi-Cable Bi-directional
Stage                      :      Two or more
Sheave Arrangement :      Single Drive Sheave
                             :      Two turn sheave
Cable
Track Cable              :      Steel Core (Design Based)
Hauling Cable            :      Fiber Core (Design Based)
Adjustment System   :      Fixed Anchorage Type
No. of Trolleys          :      1 in each direction (fixed with rope)
Powering Source       :      Potential energy of loaded mass at upper station
Velocity                   :      2-3 m/sec
Factor of Safety       :      >4 for cable
Control System         :      Automatic Control System with sensor provided
Trolley
Nos. of Trolley          :      2
Trolley Capacity        :      6 persons/ trolley

Justification

With the tools so developed over the years and rationalization of different technology might not be suitable at every place of the country. The technology should be so well chosen that that ease the life of the people. According to the users of mechanized bridge, the technology is very beneficial for the people of Punditar. It costs about Rs. 50000-65000 per meter. In respect of construction period, it needs less time than that for trail bridge construction. As in Nepal, we have lots of such obstacles; we believe that replication of such project ease the pain of extra traveling.


--------------------
for more information:
www.gridnepal.org
info@gridnepal.org.np
Phone: 977-1-5546859, 5011213
Fax 977-1-5011213

Friday, July 6, 2012

मनकामना केबलकार बारेमा संक्षिप्त जानकारी

गोरखाको मनकामना केबलकार बारेमा संक्षिप्त जानकारी
स्थापना-२०५५।०८।०८
केबलकार प्रविधि - डोपल मायर
तल्लो स्टेशन उचाई -२५८ मि.
माथिल्लो स्टेशनको उचाई -१३०२ मि.
सबैभन्दा अग्लो टावर - टावर नं.११, उचाई : १४ मि.
जम्मा टावर संख्या - २० वटा
केबलकार लम्बाई - .०२ कि.मि.
केबलकार गति क्षमता -. मि. प्रति सेकेन्ड
औषत एकतफिर् जान लाग्ने समय - १० मि.
केबलकारको क्षमता- ६०० यात्रु प्रति घन्टा
डब्बा संख्या - यात्रुबाहक ३१ वटा, मालबाहक वटा
यात्रु क्षमता प्रति डब्बा - व्यक्ति  

थानकोट-चन्द्रागिरि केबलकार

काठमाडौं फनपार्कले करिब एक अर्ब रुपैयाँ लागतमा थानकोटदेखि चन्द्रागिरिसम्म केबलकार चलाउने भएको छ । डेढ वर्षभित्र निर्माण पूरा हुने यो केबलकार मनकामनापछि दोस्रो हुनेछ।  'जग्गा लिजमा लिने र किन्ने काम सकिएको छ,' केवलकारका लगानीकर्ता तथा आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले नागरिकसँग भने, 'डेढ वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ।'
विश्वकै उत्कृष्ट प्रविधि प्रयोग गरेर केबलकार निर्माण गरिने लगानीकर्ताले बताएका छन्। निर्माण पूरा भएपछि वार्षिक ५ सयजनाले रोजगारी पाउनेछन्। चन्द्रागिरिदेखि थानकोटसम्म जाँदा-आउँदाको शुल्क ४ देखि ५ सयसम्म लाग्ने अनुमान छ।
फन पार्कमा आइएमई समूहका ढकाल, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हाथवे इन्भेस्टमेन्टका प्रबन्ध सञ्चालक अम्बिका पौडेल र एलिट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ज्ञानबहादुर जिसीको लगानी छ।

हेमराज ढकाल अध्यक्ष रहेको उक्त कम्पनीको अधिकृत पुँजी एक अर्ब र जारी पुँजी ७० करोड छ। फनपार्कका लागि ३८ करोड रुपैयाँ खर्च भइसकेको छ।
यो केबलकार थानकोटको त्रिभुवन पार्कनजिकबाट चढ्न सकिने छ। यसको लम्बाई साढे दुई किलोमिटर छ। यसका लागि कम्पनीले सरकारसँग ७ सय २० हेक्टर जग्गा लिजमा लिइसकेको छ। थानकोटमा रहने २० मिटर चौडा बटम स्टेसन (केबलकार चढ्ने ठाउँ) का लागि सरकारसँग कम्पनीले जग्गा लिजमा लिइसकेको छ। स्थानीयसँग पनि ६० रोपनी जग्गा किनिसकेको पौडेलले बताए।

टप स्टेसन (केवलकारबाट ओर्लने ठाउँ) भालेश्वर डाँडामा पर्यटकलाई केन्द्रित गरेर महादेवको मन्दिर, होटल, दृश्यावलोकन टावर, सभा, बाल उद्यान, मनोरञ्जन पार्क, क्याफे र बगैंचा बनाउने योजना छ। केवलकारका लागि एक अर्ब र अरु पूर्वाधारका लागि थप लगानी हुनेछ। 'केबलकार चलिसकेपछि चन्द्रागिरिमा अवस्था हेरेर सय बेडको पाँचतारे होटल पनि बनाउन सकिन्छ,' पौडेलले भने।

काठमाडौंनजिक घुम्न र टहलिने ठाउँ नभएपछि लगानीकर्ताले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न केबलकार बनाउने निधो गरेका हुन्। 'काठमाडौंमा दुई घन्टा बिताउने ठाउँ नभएपछि तीन वर्षअघि केबलकार बनाउन कम्पनी दर्ता गरिएको हो,' फनपार्क व्यवस्थापनको जिम्मेवारीसमेत लिएका पौडेलले भने। लगानीकर्ताले हङकङ, गोन्जावो र बेइजिङको केबलकार अवलोकन गरिसकेका छन् भने अन्तर्राष्ट्रिय विज्ञ अवलोकनका लागि आउँदै छन्।

धरानमा केबलकार


पूर्वी नेपालको धरानमा  १ अर्ब रुपैयाँको लगानीमा केबलकार निर्माण हुने भएको छ । सुनसरीको धरान नगरपालिकाबाट धनकुटाको महाभारत गाविससम्मको करीब ४ किलोमिटर दूरीमा केबलकार सञ्चालन गर्ने तयारी भइरहेको जय धरान केबलकारका अध्यक्ष हरि बैरागी दाहालले बताए । उनका अनुसार पूर्वी नेपालको बाटो हुँदै आउने विदेशी पर्यटकका लागि  केबलकार यस क्षेत्रकै नयाँ पर्यटकीय प्रोडक्ट हुनेछ ।

केबलकार सञ्चालन गर्न जय धरान केबलकारका नाममा उद्योग विभागमा कम्पनी दर्ता भइसकेको छ । अनुमानित लागत रू. १ अर्ब राखिएको भए पनि राजनीतिक अस्थिरता र बजारमूल्यका कारण सवा अर्बसम्म लाग्नसक्ने पनि दाहालले जानकारी दिए । केबलकारसँगै सो क्षेत्रमा १ सय ६० सीट क्षमताको एउटा रेष्टुरेष्टसमेत सञ्चालन गर्ने योजनामा रहेको कम्पनीले बताएको छ । पूर्वी नेपालको पर्यटकीय क्षेत्रको यो केबलकारको अधिकतम क्षमता वार्षिक ६ लाख जना रहनेछ । यसमा १ सय जनाले रोजगारी पाउने बताइएको छ । स्वदेशी लगानीमा बन्ने सो केबलकार ३४ वर्षभित्रमा नै सञ्चालनमा ल्याइसकिने कम्पनीले बताएको छ । पब्लिक कम्पनी बनाएर सञ्चालन गर्ने योजनामा रहेको जय धरान केबलकारले पर्यटकीय सेवा मात्र नभएर सो क्षेत्रलाई आर्थिक रूपमा सम्पन्न बनाउने बाटो पनि अँगालेको अध्यक्ष दाहालले बताएका छन् ।

धरानसहति कालिकोट, डोटी र काभ्रेमा सरकारले नै केबलकार सञ्चालनको सम्भाव्यता अध्ययन गरिरहेको अवस्थामा निजीक्षेत्रबाट चासो आउनु स्वागतयोग्य भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पूर्वाधार विकास आयोजना प्रमुख प्रकाश रघुवंशीले बताए । उनका अनुसार मन्त्रालयले धरानको भेडेटारमा यस्तो अध्ययन गरेको छ । रू. ५ लाख खर्च गरेर तयार पारिएको  सो विस्तृत सम्भाव्यता अध्ययन आवश्यक परेमा निजीक्षेत्रका लगानीकर्ताले हेर्न पाउने सरकारले बताएको छ 

सरकारले केबलकारका लागि सम्भाव्यता  अध्ययनमात्र गर्ने र सञ्चालनका लागि निजीक्षेत्र नै अग्रसर हुनुपर्ने मन्त्रालयले बताएको छ । नयाँ कम्पनीले मन्त्रालयसमक्ष सम्भाव्यता अध्ययनका लागि अनुरोध गरेमा आवश्यक सहयोग गर्न सक्ने रघुवंशीले बताए । मन्त्रालयले यसअघि काठमाडौंको चन्द्रागिरि, शिवपुरी, ललितपुरको फूलचोकी, रसुवाको गोसाइँकुण्ड, दोलखाको कालिञ्चोक, मुस्ताङको मुक्तिनाथ र गुल्मीको रेसुङ्गामा केबलकार सञ्चालनको सम्भाव्यता अध्ययन गरिसकेको छ । यसमध्ये फुलचोकीमा पनि एक निजी कम्पनीले चासो देखाएको छ ।

Sunday, May 20, 2012

                                                           Zig Back Cable Car
                                                    Single Span
                                              Mechanized Bridge across Seti River
                                                 Driving Station of Mechanized Bridge
                                              Open type Gondola
                                               Gondola

सेतीमाथि सरर केबुलकार


सेतीमाथि सरर केबुलकार

दुलेगौंडा -तनहु“, असार २१ सेती नदीको गडगडाहट आवाज । हर्ेदैकहालीलाग्दो छागो, जो कोहीको पनि मुटु ढुक्क हुन्छ पहिलो पटक । नेपालीप्रविधि र श्रम प्रयोग गरी बनाइएको नेपालकै पहिलो केबुलकार आकारकोयान्त्रिक पुलको यात्रा गर्दा सुरुमा मनै चिसो हुन्छ ।
तनहुदुलेगौंडा र कास्कीको भरतपोखरी जोड्न कोत्रेस्थित सेती नदीमाथिबनाइएको यान्त्रिक पुल नमुना बनेको छ । मनकामना केबुलकार देखेका र चढेकाबासिन्दा आपmनै गाउको यान्त्रिक पुल देखेर दंग छन् ।
तीन वर्षो मेहनतपछि आफूहरूले परिकल्पना गरेजस्तै केबुलकार चलेको देख्दायुवा इन्जिनियर उत्साहित छन् । करिब एक महिनाअघि यसको परीक्षण संचालन गरिएपनि शुक्रबार औपचारिक उद्घाटन भयो ।
करिब डेढ घण्टाको पैदल यात्रापछि पार गरिने नदी अहिले ५ मिनेटमै तर्नपाउदा गाउलेमा खुसीको सीमा छैन । पुलले निकै सुविधा दिएको छ, पहिलापहिला नदी पार गर्न डेढ घण्टा हिंड्नु पर्थ्याेभरतपोखरीका इन्द्रबहादुरपोख्रेलले भने, ‘हामीले त खेतको उब्जाउ समेत यसैबाट ओर्सार्न थाल्यांै । योपुल हाम्रा लागि ठूलो बरदान भएको छ ।
कोत्रेस्थित हंसबाहिनी माविमा ८ कक्षामा पढ्ने भरतपोखरीका सुनील सुनारलेपुल अभावमा हिंडेर स्कुल पुग्दा कतिपटक कक्षामा जान नपाएको अनुभव सुनाए ।
पुल नहुदा समयमा उपचार नपाउदा गाउलेको ज्यान समेत गयो, अब त अकालमाज्यान गुमाउनु पर्दैन होलाउनले भने, ‘सबैभन्दा बढी सुविधा हामीले पाएकाछांै ।भरतपोखरीबाट दैनिक करिब २० जना विद्यार्थी कोत्रेको उक्तविद्यालयमा पढ्न आउछन् ।
पुलबाट दैनिक करिब १ सय ५० गाउले वारपार गर्ने प्राविधिक बताउछन् ।गाउलेका लागि ५ रुपैयार अन्यका लागि १५ रुपैयाशुल्कको टिकट लिएर पुलतर्न पाइन्छ ।
५ सय २० मिटर लामोे पुलको केबुल बाहेक अन्य सामग्री नेपाली प्रविधि रश्रमबाट तयार गरिएको थियो । प्राविधिक सेतो झन्डा हल्लाएर संकेत गर्दैट्रली संचालन गरिरहेका हुन्छन् ।
पुलमा २ वटा ट्रली छन् । प्रत्येक ट्रलीले एक पटकमा एक हजार किलो भारबोक्न सक्ने इन्जिनियर गुणराज ढकालले बताए । बिजुली गइहाल्यो भने पनि हातलेचलाएर वारि पारि गर्न सकिने यो केबुलकार बनाउन करिब ५० लाख रुपैयाखर्चभएको जानकारी दिए।
पुल बनाउन गाउलेले करिब २० लाख रुपैयाबराबरको श्रमदान र चन्दा दिएकाथिए । त्यसबाहेक विश्व बैंक, तनहुजिविस, सामुदायिक वन लगायतका निकायबाटरकम संकलन गरिएको ढकालले बताए ।
पुल निर्माणमा एकीकृत प्रविधि विकास नेपाल -आईटीडी), ग्रिड नेपाल रनेपाल पानी सदुपयोग फाउन्डेसनले सहयोग गरेका थिए । आईटीडीका करिब दर्जनप्राविधिकले निःशुल्क काम गरेका थिए ।
नेपाली प्रविधि र सीपको उपयोग भएकाले यसको महत्व बेग्लै छउपभोक्तासमितिका अध्यक्ष रामचन्द्र खनालले भने, ‘विदेशीको प्रविधि, शक्ति, स्रोतप्रयोग गरेको भए लागत दोब्बर पर्थ्याे ।पुल सुविधाले दुलेगौंडा रभरतपोखरीका करिब चार सय घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन्