Sunday, May 20, 2012
सेतीमाथि सरर केबुलकार
सेतीमाथि सरर केबुलकार
दुलेगौंडा -तनहु“, असार २१ – सेती नदीको गडगडाहट आवाज । हर्ेदैकहालीलाग्दो छा“गो, जो कोहीको पनि मुटु ढुक्क हुन्छ पहिलो पटक । नेपालीप्रविधि र श्रम प्रयोग गरी बनाइएको नेपालकै पहिलो केबुलकार आकारकोयान्त्रिक पुलको यात्रा गर्दा सुरुमा मनै चिसो हुन्छ ।
तनहु“ दुलेगौंडा र कास्कीको भरतपोखरी जोड्न कोत्रेस्थित सेती नदीमाथिबनाइएको यान्त्रिक पुल नमुना बनेको छ । मनकामना केबुलकार देखेका र चढेकाबासिन्दा आपmनै गाउ“को यान्त्रिक पुल देखेर दंग छन् ।
तीन वर्षो मेहनतपछि आफूहरूले परिकल्पना गरेजस्तै केबुलकार चलेको देख्दायुवा इन्जिनियर उत्साहित छन् । करिब एक महिनाअघि यसको परीक्षण संचालन गरिएपनि शुक्रबार औपचारिक उद्घाटन भयो ।
करिब डेढ घण्टाको पैदल यात्रापछि पार गरिने नदी अहिले ५ मिनेटमै तर्नपाउ“दा गाउ“लेमा खुसीको सीमा छैन । ‘पुलले निकै सुविधा दिएको छ, पहिलापहिला नदी पार गर्न डेढ घण्टा हिंड्नु पर्थ्याे’ भरतपोखरीका इन्द्रबहादुरपोख्रेलले भने, ‘हामीले त खेतको उब्जाउ समेत यसैबाट ओर्सार्न थाल्यांै । योपुल हाम्रा लागि ठूलो बरदान भएको छ ।’
कोत्रेस्थित हंसबाहिनी माविमा ८ कक्षामा पढ्ने भरतपोखरीका सुनील सुनारलेपुल अभावमा हिंडेर स्कुल पुग्दा कतिपटक कक्षामा जान नपाएको अनुभव सुनाए ।
‘पुल नहु“दा समयमा उपचार नपाउ“दा गाउ“लेको ज्यान समेत गयो, अब त अकालमाज्यान गुमाउनु पर्दैन होला’ उनले भने, ‘सबैभन्दा बढी सुविधा हामीले पाएकाछांै ।’ भरतपोखरीबाट दैनिक करिब २० जना विद्यार्थी कोत्रेको उक्तविद्यालयमा पढ्न आउ“छन् ।
पुलबाट दैनिक करिब १ सय ५० गाउ“ले वारपार गर्ने प्राविधिक बताउ“छन् ।गाउ“लेका लागि ५ रुपैया“ र अन्यका लागि १५ रुपैया“ शुल्कको टिकट लिएर पुलतर्न पाइन्छ ।
५ सय २० मिटर लामोे पुलको केबुल बाहेक अन्य सामग्री नेपाली प्रविधि रश्रमबाट तयार गरिएको थियो । प्राविधिक सेतो झन्डा हल्लाएर संकेत गर्दैट्रली संचालन गरिरहेका हुन्छन् ।
पुलमा २ वटा ट्रली छन् । प्रत्येक ट्रलीले एक पटकमा एक हजार किलो भारबोक्न सक्ने इन्जिनियर गुणराज ढकालले बताए । बिजुली गइहाल्यो भने पनि हातलेचलाएर वारि पारि गर्न सकिने यो केबुलकार बनाउन करिब ५० लाख रुपैया“ खर्चभएको जानकारी दिए।
पुल बनाउन गाउ“लेले करिब २० लाख रुपैया“ बराबरको श्रमदान र चन्दा दिएकाथिए । त्यसबाहेक विश्व बैंक, तनहु“ जिविस, सामुदायिक वन लगायतका निकायबाटरकम संकलन गरिएको ढकालले बताए ।
पुल निर्माणमा एकीकृत प्रविधि विकास नेपाल -आईटीडी), ग्रिड नेपाल रनेपाल पानी सदुपयोग फाउन्डेसनले सहयोग गरेका थिए । आईटीडीका करिब दर्जनप्राविधिकले निःशुल्क काम गरेका थिए ।
‘नेपाली प्रविधि र सीपको उपयोग भएकाले यसको महत्व बेग्लै छ’ उपभोक्तासमितिका अध्यक्ष रामचन्द्र खनालले भने, ‘विदेशीको प्रविधि, शक्ति, स्रोतप्रयोग गरेको भए लागत दोब्बर पर्थ्याे ।’ पुल सुविधाले दुलेगौंडा रभरतपोखरीका करिब चार सय घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन्
Saturday, May 19, 2012
General Information
Name of the Firm : Ropeway
and Cable car Pvt. Ltd.
Type of Organization : Company
Pvt.Ltd.
Postal Address : G.P.O. Box 9957 , Kathmnadu , Nepal
Phone : 5551863, Mob.9741038588
Fax : 5011213
E-mail : info@cablecar.com
Office Address : Patandhoka
, Lalitpur-21
Date of Registration : 20672045.07.11
(27 .10. 1988)
Registration No. : 81938/067/068
PAN No. : 304747513
Ropeway & Cable Car
Ropeway and Cable car Pvt.Ltd intends to work in rural development and
tourism infrastructure sector providing integrated support to rural and tourism
infrastructure especially ropeway and cable car development. This includes
identification, development and project engineering. It assumes
responsibilities ranging from consulting, planning, design, project finance,
operations, construction, construction supervision and training to ensure
sustainability.
Ropeway and Cable car Pvt.Ltd aims to integrate research, design &
development. The company serves in planning and designing, feasibility report,
cost estimate of project, and also offer advisory service for
creating, tourist attractions places.
The company is capable of bringing together diverse talents and
technologies, planning, co-ordination and guiding their efforts to achieve a
smooth on-schedule performance. The associates of this company have 10-15 years
of continuous working experience in diverse field of engineering, management
and human resource development and ropeway projects.
It has done feasibility study, detailed design, construction supervision
of bridge and other transportation infrastructures. We recently installed
material transporting bi- cable ropeway at Bhattedanda.The system was 2.7 km
long, 1800 kg capacity/hr. It connects Bhattedanda and Majhkhand of Lalitpur
District.It was supported and funded by GON, PAF and DDC Lalitpur.
The company is formed with good dedicated personnel of diverse discipline and have successfully
completed various type of ropeway
and rope supported structures, like:BhatteDanda
–Majhkhanda Ropeway,Lalitpur and
Mechanized Bridge at Kotre,Tanahu,and several TUINS projects . Our Team
was rewarded as Laureate of “Launa Kehi Garaun” (Let’s do something) program
conducted by World Bank.
This company is a well-organized and is capable of handling all kinds of
developmental works and projects in most comprehensive manner. It is committed
to fulfill all-round requirements of its client with a guarantee of
satisfaction. It offers reliability and trustworthiness. It aims at promoting
goodwill and cordial relationship with its clients through most efficient
service.
The company is legally registered in 2011/3/28 with the Department of
Industries Government of Nepal (registration certificate is attached). The
company offers technical consulting services for a multitude of developmental
activities such as Planning, Project Management, Socio-economic studies,
Feasibility studies, Survey, Mapping of Ropeway and cable car, and Civil
Engineering infrastructure.
Company will continue to work towards our objectives:
Company believes in "Creation of value for customer,
opportunities for employees and benefits for society". In order to support
the management processes and system, our company stresses the core values of
mutual respect, support by human resources and organization .Company spirit is
inherent in devotion, teamwork and innovation.
खोला तर्नका लागि रोपवेःमेकानाइज्ड वृज (यान्त्रिक पुल)
खोला तर्नका लागि रोपवेःमेकानाइज्ड वृज (यान्त्रिक पुल)
प्राकृतिक सम्पदाको अथाह स्रोतले भरिएको हाम्रो देश आफैंमा विविधतापूर्ण छ । क्षेत्र—क्षेत्र बीच पाईने भौगोलिक विषमता आफैंमा चुनौती र सम्भावना बोकेर उभिएको छ । झन् विगतको दशक लामो सशस्त्र द्वन्द्व तथा त्यसको असरले सामाजिक संरचना त भत्काएको छ नै त्यसको साथै प्राविधिक विकासको संभावनालाई पनि पर हुत्याई दिएको छ । एकातिर देशको समग्र अवस्था नै दारुण छ भने अर्को तिर देशका भोलिका देश विकासका खम्वाहरु मानिने युवाहरुको अवस्था त झन् निराशाजनक छ । चुलिदै गएको चुनौति र हुर्किदै गएको निराशा बिच उनीहरुको टेक्ने ठाउँ आम युवाहरुको धारणामा त्यति सहज छैन । यी सबै निराशा र कुण्ठाहरु बिच थपिरहको अर्को डरलाग्दो चुनौति हो प्रतिभा पलायन (Brain drain) । दक्ष एवं अर्धदक्ष जनशक्ति समय र मौका मिल्नासाथ परदेशको बाटो ताकि हाल्दछन् र बाँकी जति पनि जनशक्ति छ , उनीहरु पनि उपयुक्त जागीर वा उनीहरुको आशा पुरा हुन नसकेको देखि मानसिक तनाब झेलिराखेका हुन्छन् । यत्रो युवा जन शक्ति जसलाई पूर्ण रुपमा सदुपयोग गर्न सकिन्थ्यो, यत्रो अल्मल्याहट किन ? समस्या समाधानको साँचो आखिर यहिनेरै उभिएको छ ।
त्यसैले युवाको विग्रदों मानसिक दशा एवं परनिर्भताको बाध्यात्मक अवस्थालाई मेटाउनको निम्ति युवाले आफ्नो भूमिका खेल्न ठाउँ पाउने कार्यहरुको सृजना हुनुपर्छ । त्यसैले स्थानीय स्तरका युवाहरुलाई स्थानीय स्रोत साधन र सीपको सदुपयोग हुनेगरी त्यहीको क्षेत्रमा मिल्न सक्ने हुने किसिमको कुनै पनि कार्यक्रमहरु लैजान सकियो भने युवाहरु परिचालित हुने अवसर पाउँछन् । कार्यक्रमको स्तर हेरेर स्थानीय युवाहरुलाई उनीहरुकै सीपको कदर हुने गरि उनीहरुलाई परिचालन गर्न सकियो भने उनीहरुमा क्षमता अभिबृद्धि हुने छ, यसबाट बेरोजगार युवाहरुको संख्यात्मक मात्रा घट्ने छ । साथै आफ्नो घर अगाडी रहेको गैरी खेत बेचेर अरबियन मुलुकका भूमिमा परदेशी भएर सस्तो तलबमा काम गर्नु पर्ने बाध्यता पनि निकै हदसम्म घट्ने छ । विकासको मुल प्रवाहबाट वञ्चित रहेका जनताहरुलाई प्रविधि सम्म पहुचँ र्पुयाई उनीहरुको जीवनयापनलाई सहज सरल बनाउनु अपरिहार्य छ । त्यसैले विकासको जग बलियो बनाउन राज्य रुपान्तरण प्रकृयालाई सकारात्मक मार्गमा लम्काउन र विपन्न र पिछडीएका जनताको घर दैलोमा दिगो विकासको चहकिलो बत्ति बाल्न पुर्वाधार प्रविधी अत्यन्त आवश्यक छ ।
यसै परिपेक्षमा ग्रामीण पूर्वाधार विकास समूह नेपाल ले ग्रामीण समुदायको आयस्तर वुद्धि गर्नको लागि दक्ष, अर्धदक्ष तथा अदक्ष युवाहरुको संयुक्त प्रयासमा सहकार्य गरेर कार्यान्वयन गर्न सकिने पूर्वाधार प्रविधीहरुको विकास गरेको छ । पूर्वाधार प्रविधिको रुपमा अधिकतम स्थानीय स्रोत साधनको प्रयोग गरेर स्वदेशी प्राविधिक जनशक्ति र अन्य युवा शक्तिको संयुक्त प्रयासमा लघुजलविद्युत तथा साना जलविद्युतबाट विद्युत उत्पादन गरेर दिवा समयमा खेर जाने विजुलीबाट यातायातको साधनको रुपमा स्थानीय रज्जुमार्ग, लगायत विभिन्न औद्योगिक क्रियाकलापहरु उपयुक्त ढंगले संचालन गर्नु आजको आवश्यकता हो । आजको युग प्रविधिकको युग हो, प्रविधिको विकास विना देश विकास सम्भव छैन । विदेशी उच्च प्रविधि आँफैमा अत्यन्त महँगा हुन्छन् । त्यसैले नेपालको दिगो विकासका लागि उपयुक्त प्रविधिहरुको खोज, अनुसन्धान तथा पहिचान गरि पूर्वाधार प्रविधिहरुको विकास लाई प्रमुख प्राथमिकता दिनु पर्छ । परम्परागत प्रविधिहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको स्थानीय मान्यतालाई कायमराख्दै अन्तराष्ट्रिय मापदन्डसम्म पु¥याउनु पर्दछ ।
असीमित प्राकृतिक सम्पदाको धनी देश नेपालको ८३ प्रतिशत भू–भाग पहाडै पहाडले ढाकेको छ । तिनै पहाडहरुको खोचमा अवस्थित करीव ६,००० को संख्यामा रहेका नदीनालाको उपस्थिति का कारण आज हाम्रो देश विश्वसामु तुलनात्मक रुपमा जलसम्पदाको धनी देशको रुपमा चिनिएको छ । तर तिनै नदीनालाको उपस्थिति दुर्गम पहाडी भेगमा बसोबास गर्ने किसानहरुका लागि चाहि अभिशाप बन्न पुगेको छ । किनभने नदीको अर्को किनारमा रहेको बजार क्षेत्र वा सडकसम्म पुग्न केवल पाँच मिनेट लाग्ने बाटोलाई पनि तिनै खोलानालाको कारण वैकल्पिक बाटोको रुपमा २–३ घण्टाभन्दा बढी हिंड्नुपर्ने बाध्यता रहेको छ । साथै शिक्षा, स्वास्थ्य, रोजगार समेतबाट बन्चित बन्नुपर्दा उनीहरुको जीवन कष्टमय बन्दै गएको छ ।
स्थानीय स्तरमा उत्पादित विद्युत शक्तिबाट संचालन भई दुर्गम पहाडी भेगका किसानहरुलाई व्यापारीहरु सँग सम्पर्कमा आउन, उनीहरुका कृषिउत्पादन वेचविखनलाई प्राथमिकता दिन, उनीहरु नदी पारीको गाँउ÷बजारमा भएका शिक्षा, स्वास्थ्य, रोजगारबाट वन्चित नहोउन् भन्ने उद्देश्यका साथ दिवा समयमा, खेर गैरहेको विद्युत शक्तिको प्रयोगबाट संचालन हुने परम्परागत तुईन घिर्लीङलाई मेकानाईज्ड गरी नेपालमा विद्युत शक्तिबाट संचालन हुने खोला तर्ने नयाँ प्रविधिको रुपमा मेकानाईज्ड वृज (Mechanized Bridge) अर्थात् यान्त्रिक पुलको विकास गरिएको हो। उक्त यान्त्रिक पुल विश्व बैंकको सहयोगार्थ नेपाल विकास बजार मञ्चले द्वन्द्व प्रभावित क्षेत्रहरुको गरिवी निवारणको लागि उपयुक्त प्रस्ताव “लौन अब त केहि गरौ” नाराका साथै आयोजना गरेको देशव्यापी प्रतियोगितामा उत्कृष्ट ठहरिएको परियोजना हो । हाल यो तनहँुको दुलेगौडा गाविसस्थित कोत्रेबाट कास्की जील्लाको भरत पोखरी गाविसको पूँडीटारमा सेती नदी माथि ५२० मिटरको लम्वाइ र २५ मीटरको उचाइ भिन्नतामा निर्माण सफलता पुर्वक सम्पन्न भइ विगत २ वर्ष देखि सञ्चालित भैरहहेको छ भने गरिवी निवारण कोष तथा स्थानीय पहलमा सिन्धुली जिल्लाको टाँडी गा. वि. स. अन्र्तगत धनसरी र उदयपुर जिल्लाको त्रिवेणी गा. वि. स. अन्र्तगत वेलसोत विच कमला नदी माथी ६३५ मी लामो यान्त्रिक पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । दुवै आयोजनाहरु ग्रामीण पूर्वाधार विकास समूह नेपाल (ग्रीड नेपाल), र एकिकृत प्रविधि विकास नेपाल ललितपुरको नेतृत्व, पहल, डिजाइन, उत्पादनमा जडित छन ।
उद्देश्य
यस प्रविधि विकासका उद्देश्यहरु निम्न अनुसार छन् ः–
स्थानीय स्तरमा उपलब्ध स्रोत साधन र जनशक्तिको अधिकतम प्रयोग गरी स्थानीय स्तरमा उत्पादित विद्युत शक्तिको प्रयोगबाट दुर्गम पहाडी भेगका बासिन्दाहरुलाई बजार क्षेत्रमा सम्पर्क गराई शिक्षा, स्वाथ्य, रोजगारका अवसरहरुको श्रृजना गर्ने ।
स्थानीय उद्दमीहरुलाई औद्योगिक कृयाकलापमा सक्रिय हुन हौसला प्रदान गर्ने ।
नेपालमा रोपवे प्रविधिको व्यापक विकास र विस्तार गर्ने ।
नेपाली परम्पपरागत तुईन घिर्लीङ्ग प्रविधिलाई विकसित गराई स्थानीय मर्म तथा अन्तर्राष्ट्रिय मापदण्डलाई मध्यनजर राख्दै रोपवे तथा केवल कारसंग परिचीत गराउने ।
दुर्गम क्षेत्रमा उत्पादन हुने कृषिजन्य उत्पादनहरु समयमा नै बजार क्षेत्र पु¥याई बिक्री वितरण गरी ग्रामीण जनजिवनको जिवनस्तर अभिवृद्धि गर्न सघाउ पु¥याउने ।
नेपाली प्रविधिकहरुको मनोबल बढाई देशमा वढ्दै गैरहेको प्रतिभापलायनलाई निरुत्साहित गर्ने ।
मेकानाइज्ड बृजले कसरी काम गर्छ त ?
मेकानाइज्ड वृज दोहोरो लठ्ठा दोहोरो दिशामा आधारित (Bi-Cable Bi-Directional) रोप वे हो । स्थानीय स्तरमा उत्पादित विद्युत्शक्ति नै यसको प्रमुख इन्धन हो । साथैे डिजेलबाट चल्ने जेनेरेटर वैकल्पिक इन्धनको रुपमा व्यवस्था गरिएको हुन्छ । विद्युत्शक्ति र डिजेल दुबै उपलब्ध नभएको अवस्थामा तेस्रो विकल्पको रुपमा मानवशक्तिकै आधारमा सञ्चालन गरेर खोला पारी तर्न सकिन्छ । नियन्त्रण इकाइ (Control Panel) बाट स्विच दवाए पछि २५ अश्व शक्तिको (Horse Power, HP) मोर्टारले फित्ता (Belt) को सहायताले गियर बक्स घुमाउन थाल्छ र गियर वक्समा फलामको चक्का (Sheave) लाई तेर्सो पारि गाँसिएको हुन्छ । यसले गर्दा लठ्ठा घुम्दा बाँया किनाराको ट्रली दायाँ किनारा आइपुग्छ र दायाँ किनाराको ट्रली स्वतः बायाँ किनारा आइपुग्छ । अपरेटरले आवश्यकता अनुसार गति बढाउन तथा घटाउनका लागि क्लच सिस्टम (Clutch system) र ब्रेक सिस्टम (Break System) को पनि व्यवस्था गरिएको हुन्छ । यात्री बस्ने कोक्रो (Trolley) रोक्नको लागी प्लेटफर्म र ड्रााइभ सचेतक (Sensor) को ब्यवस्था गरिइकाृ हुन्छ भने सामान्य अवस्थामा अप्रेटरले सिवधको सहायताले रोक्न सक्छ । ड्राइभ टर्मिनल (Drive terminal) बाट अपरेटरले विद्युतीय मोटर चलाइदिएपछि लठ्ठा (तार) घुम्न थाल्छ जसमा ५०० के.जी. तौल सम्म पुर्ण सुरक्षित तरिकाले धान्ने गरि दुई वटा ट्रली जोडिएको हुन्छ । ट्रलीको माथिल्लो भाग लचकदार जोर्नी (Universal Joint or Ball and Socket Joint) को सहायताले भि ट्रयाक लठ्ठामा ८ ओटा पुल्लीसँग जडान गरिएको हुन्छ । अप्रेटर तथा सर्वसाधारण यात्रुहरुलाई बुझ्न सजिलो होस भनेर प्यानल वोर्डमा रातो, हरियो तथा पहेलो रङ्गका स्विचहरुको समेत ब्यवस्था गरिएको हुन्छ , विश्वब्यापी यातायात सुचकहरुका साथमा भोल्टमिटर, एमिटर, तको आपतकालिन स्विच तथा शुरु गर्ने स्विच समेतको ब्यवस्था गरिएको हुन्छ । मेकानाइज्ड बृज सञ्चालन गर्नको लागी अप्रेटरलाई सामान्य प्राविधिक तालिम दिए पछि सञ्चालन तथा सामान्य मर्मतको लागि समेत सक्षम हुन्छन ।
परम्परागत साधन तुइन÷घिलीङ्ग, प्रयोग गर्दै वारीपारी गर्नुपर्ने वाध्यताबाट मुक्ती दिने यो साधन भिराला पहाडहरुमा प्रयोग गर्न सकिन्छ । यो प्रविधि स्थानीय स्तरमा उत्पादित लघु जलविद्युत शक्तिबाट समेत संचालन हुन्छ जहाँ दिवा समयमा विद्युत शक्ति खपत गर्न नसकेर खेर गैरहेको हुन्छ । नेपाली प्राविधिकहरुद्धारा देश भित्रै उपलब्ध स्रोत साधनको अधिकतम उपभोग गरी स्थानीय जनशक्तिलाई सीप हस्तान्तरण गरी स्थानीय जनताकै सक्रिय सहभागितामा सञ्चालित हुने यो प्रविधि अत्यन्त व्यवहारिक र मौलिक छ ।
परम्परागत रुपमा प्रयोग गरिदैं आएका तुइन, घिर्लिङ र परम्परागत पुलहरु ३५० मीटरभन्दा बढी लम्बाइमा बनाउनु प्राविधिक तथा आर्थिक दृष्टिकोणले अनुपयुक्त देखिन्छन् । तर यो मेकानाईन्ड बृज १,५०० मीटरसम्मको लम्बाइमा पनि बनाउन सकिने भएकोले धेरै उपयोगी हुने देखिन्छ ।
टिकाउपन
मागका आधारमा संचालित कार्यक्रम भएकोले समुदायमा आफ्नोपनाको भावना जाग्रीत गराई योजना बनाउने कार्य देखि नै समुदायको सहभागिता हुने हुंदा उनीहरु त्यसको उचित व्यवस्थापन गर्न सक्षम हुने विश्वास लिइएको छ । उनीहरुलाई सामान्य तालिम प्रदान गरे पछि मर्मत तथा संभारको लागि पनि सक्षम हुनेछन् ।
मेकानाइज्ड वृजको प्रयोग गरी नदी वारपार गरे वापत यात्रुले समुदायले निर्धारण गरेको शुल्क तिर्ने हुँदा उक्त रकमले मर्मत संभार गर्न तथा आवश्यक पर्ने पाटपुर्जा, मेसिन फेर्न समेत समुदाय सक्षम हुने देखिन्छ । त्यसबाट पनि बचत भएको पैसा उनीहरुले आलोपालो गरी आय आर्जनका कृयाकलापहरु जस्तै तरकारी खेती, बाख्रापालन, कुुखुरापालन, अदुवा खेती, भैंसीपालन, इत्यादिका लागि सस्तो ब्याजमा ऋण प्रवाह गरी गरीब किसानहरुको जीवनस्तर समेत अभिवृद्धि गर्न सक्छन् ।
ग्रामीण जनजीवनको जीवनस्तर अभिवृद्धि गर्ने अभिप्रायले निर्माण गरिने यस मेकानाइज्ड वृजका कारण ग्रामीण जनताहरु, शिक्षा, स्वास्थ्य, रोजगार, कृषि उत्पादन समयमै बजारमा पु¥याई बेचविखन इत्यादि कुरामा सघाउ पुग्ने भएकाले दीर्घकालसम्म दिगो रुपमा संचालन गर्न समुदाय स्वयं सक्रिय हुनेछ ।
उपभोक्ता स्वयं लगानीकर्ता भएकोले परियोजनाको प्रत्येक चरणमा उनीहरुको सहभागिता हुन्छ । परियोजनाबाट प्राप्त प्रतिफलमा उनीहरुकै हक हुन्छ । त्यसैले उनीहरु परियोजना सञ्चालनमा हरबखत लागि पर्दछन् ।
नेपाली प्राविधिकहरुकै सक्रिय पहलमा उनीहरुकै डिजाइनबमोजिम बनेको प्रविधि भएकोले प्राविधिक समस्या आइहालेमा तुरुन्तै सम्पर्क गरी मर्मत तथा सम्भार गर्न सकिने, यी प्रविधिहरूको पार्टपुर्जाहरु नेपालभित्रै नेपाली प्राविधिकले निर्माण गरेको हुनाले स्थानीय कारखानाहरुमै सम्पूर्ण पार्टपुर्जा उपलब्ध हुने यी प्रविधिहरू नेपालको आफ्नै मौलिक उत्पादन हुन्
अनुकरणीयता
नेपाल जस्तो पहाडी जटिल धरातल भएको क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँसम्म पुग्नका लागि तुइन, घिर्लिङ आदिको सट्टा मेकानाइज्ड बृजको अत्याधिक संभावना देखिन्छ । मेकानाइज्ड ब्रिजको सफलतासँगै स्थानीय रोपवेको स्थापना हुने भएकोले गाउँ तथा बेसीसम्म जानका लागि पनि स्थानीय रोपवेहरु प्रयोग हुनेछन् जसले गर्दा मेकानाइज्ड बृजले नेपालमा रोपवे स्थापना तथा संचालन गर्न कोषे ढुङ्गाका रुपमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
निष्कर्ष
निष्कर्षमा भन्नुपर्दा युवा अवस्था जोश जाँगरले भरिएको हुन्छ त्यही जोश जाँगर, सृजनशिलता र कार्य कौशलता प्रदान गर्दै दक्ष,अर्धदक्ष र अदक्ष जनशक्तिको ज्ञान, सीप र अनुभव आदनप्रदान गर्दै समुहगत रुपमा सहर्काय गर्दै राष्ट्र निर्माणमा सहभागी गराउन सके नयाँ नेपाल निर्माण त के समृद्धशालि देशहरुको अग्रपंक्तिमा उभ्याउन पनि सकिन्छ । योजनाको पहिचानका लागि सकेसम्म नेपालको भूगोल भित्र स्थानीय स्तरमा उपलव्ध स्रोतसाधन प्रविधि र जनशक्तिको व्यापक परिचालन हुनसक्ने कार्यक्रमलाई वढि महत्व दिनु पर्छ । देशको कुना काप्चामा छरिएर रहेका आन्तरिक स्रोत साधन प्रविधि र जनशक्तिको परिचालन नगरि पूर्णरुपमा वैदेशिक सहयोगको आशा र भरोसा गर्दा देश विकासको नाममा जतिसुकै ठूलो रकम भित्रिए पनि जति नै ठूलो प्रविधि भित्रिए पनि यसको उचित व्यवस्थापन, विनियोजन र आर्थिक अनुशासनको अभावले गर्दा ग्रामीण विकास ओझेलमा पर्न जान्छ अनि विकास प्रक्रिया केवल कागजी प्रतिवेदनमा मात्र सिमित रहन्छ । स्थानीय युवाहरुलाई उद्धमशीलता सम्वन्धी चेतनाको विकास गर्नु पर्छ । युवाहरुलाई ग्रामीण विकासमा व्यापक सहभागी गराउनका लागि लादिएका विकासका क्षणिक नारा र आश्वासन अनि कागजी प्रतिवेदनमा मात्र सिमित राख्न हुदैन उनीहरलाई त योजनाको प्रारम्भीक चरण देखि प्रत्यक्ष सहभागी गराई निति नीर्माण देखि योजनाको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन, आदिमा स्थानीय स्तरमा उपलव्ध स्रोत, साधन, प्रविधि र जनशक्तिको अधिकतम परिचालनको रणनिति अनुरुप विकास प्रक्रिया प्रति युवाहरुलाई उत्तरदायी र जिम्मेवार वनाउनु आजको आवश्यकता हो ।
लेखक, ग्रामीण पूर्वाधार विकास समूह नेपाल (ग्रिड नेपाल), ललितपुरका अध्यक्ष हुनुहुन्छ ।
फोन ः ५५४६८५९, ५०११२१३÷ फ्याक्स ः ५०११२१३, ९७७९८५१००१००८
इमेलः info@gridnepal.org.np, grdhakal@yahoo.com
वेभ साइटः www.gridnepal.org, www.ropewaycablecar.com, www.greatnepal.com
Subscribe to:
Posts (Atom)